

धादिङ । धादिङको बेनीघाट रोराङका प्रधानाध्यापकहरुका लागि नेतृत्व विकास तथा व्यवस्थापन तालिम सम्पन्न भएको छ।
चाइल्ड फण्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङले बेनिघाट रोराङ गाउँपालिकाको समन्वयमा संचालन गरेको शिक्षामा पहुँच सुनिश्चितता परियोजना अन्तरगत गाउँपालिका भित्रका प्रधानाध्यापकहरुका लागि सोमबारदेखी सुरु भएको तालिम बुधबार सम्पन्न भएको हो।
तालिममा प्रभावकारी विद्यालय संचालनमा प्रधानाध्यापकको काम कर्तव्य र उत्तरदायित्वकासंगै राम्रो विद्यालयका सूुचकहरु र सुचक पुरागर्न प्रधानाध्यापकको भुुमिक,नेतृत्व,शैली,जवाफदेहीता तथा पारदर्शिका ,श्रोत व्यवस्थापन ,विद्याललमा अभिभावकको सहभागीता , विद्यालय स्वमुल्याकन ,विद्यालयको आवश्यकतामा आधारित कार्य योजना,विद्यालय नेतृत्व र व्यवस्थापन विचको ग्याव तथा सवालहरुको बारेमा प्रशिक्षक देवीराम आचार्यले सहजीकरण गर्नु भएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभयो ।

तालिम समापन सत्रमा बोल्नु हुँदै गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलियाले विद्यालय र बालबालिकाको शिक्षा र विकासमा पालिकाले पहिलो प्राथमिकता दिदै आएको बताउनु भएको छ।
अध्यक्ष थपलियाले तालिममा सिकेका शिपलाई व्यवहारमा प्रयोग गर्न अनुरोध गर्नुभएको छ।

प्रयास नेपाल धादिङका अध्यक्ष विर बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा शाखा प्रमुख बोदराज पाठक,प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल,कार्यक्रम प्रबन्धक केशव सिग्देल,निःवर्तमान अध्यक्ष रेष्टन कडेल, चाइल्ड फ्रण्ड जापानका एरिया म्यानेजर दल बहादुर सुनार लगायतको उपस्थिति रहेको परियोजना प्रबन्धक केशब सिग्देलले जानकारी दिनुभयो ।
तालिममा २२ जना प्रधानाध्यायपकहरु सहभागी थिए ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |