

धादिङ । पत्रकार नारायण सिलवाल रवि–ज्वाला क्रियाशिल पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ।
शनिबार प्रेस सेन्टरको चौथो जिल्ला सम्मेलनको अवसरमा प्रेस सेन्टर धादिङले स्थापना गरेको रवि–ज्वाला क्रियाशिल पत्रकारिता पुरस्कार २०८१ बाट सिलवाल सम्मानित हुनुभएको हो।
सिलवाललाई नगद १० हजारसहित सम्मान पत्रले सम्मान गरिएको थियो।२०६१ सालदेखि पत्रकारिता क्षेत्रमा रहनुभएका सिलवाल धादिङ पोष्टका प्रधान सम्पादक हुनुहुन्छ ।
उहाँ हाल राष्ट्रिय फोटो पत्रकार संघको केन्द्रीय उपाध्यक्ष,प्रेस सेन्टरको केन्द्रीय सदस्य एवम् धादिङ जिल्लाको इन्चार्जको जिम्मेवारीमा हुनुहुन्छ ।
प्रेस सेन्टरले रवि–ज्वाला क्रियाशिल पत्रकारिता पुरस्कार यसै वर्षबाट सुरु गरेको हो ।
धादिङको नीलकण्ठ नगरपालिका स्थित खाल्टेका डम्बर बहादुर श्रेष्ठ (ज्वाला) र नुवाकोटका रवि बोगटी (अनन्त)ले संकटकालमा आँखु संदेश पत्रिका निकाल्ने गरेका थिए ।
जनयुद्धलाई लिपिवद्ध गर्ने गरि तत्कालिन नेकपा माओवादीले धादिङको किचेतबाट पत्रिका निकाल्ने गर्दथे । तर धादिङको सत्यदेवीमा उनीहरुको ज्यान गयो ।
ज्वाला र रविको स्वर्गारोहणपछि धादिङका नारायण सिलवाल र गोर्खाका राज श्रेष्ठले पत्रिका निकाल्ले जिम्मेवारी सम्हालेका थिए।
उनीहरुको स्मरण र पत्रकारिता क्षेत्रमा उनीहरुले पुर्याएको योगदानको उच्च कदर तथा सम्मानका साथ प्रेस सेन्टर धादिङले रवि-ज्वाला क्रियाशिल पत्रकारिता पुरस्कार स्थापना गरेको निवर्तमान अध्यक्ष राजन अधिकारले जानकारी दिनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |