

धादिङ । भूमि समस्या समाधान आयोग धादिङको अध्यक्षमा नेकपा (एमाले) का हरि पन्त नियुक्त हुनुभएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणको मन्त्रीस्तरीय निर्णयबाट त्रिपुरासुन्दरी गाँउपालिका १ सल्यानटारका पन्तलाई अध्यक्षमा नियुक्त गरेको हो ।
पन्त नेकपा एमाले त्रिपुरासुन्दरी गाँउपालिका कमिटीको अध्यक्ष समेत हुनुहुन्छ ।
देशका ७१ जिल्लामा भूमि आयोग गठन भएको छ ।सोमबार भूमि व्यवस्था मन्त्रालयले ती जिल्लाहरूमा आयोगका अध्यक्षको नियुक्ति गरेको हो ।
नवनियुक्त सबै जिल्ला अध्यक्षहरुलाई सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सपथ ग्रहण गराउनुभएको छ ।
तत्कालीन केपी ओली नेतृत्व सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या सामधान आयोगलाई देउवा सरकारले विघटन गरेको थियो।
टेकनारायण पाण्डे भूमि व्यवस्था सचिव भएको बेला भूमि व्यवस्था मन्त्रालयले राष्ट्रिय भूमि आयोग गठन प्रस्ताव मन्त्रिपरिषद्मा लगेको थियो। यसअघि, ओली नेतृत्व सरकारले केन्द्र र ७७ वटै जिल्लामा सुकुमबासी आयोग गठन गरेको थियो।
सुकुमबासीको नाममा अहिलेसम्म धेरैपटक आयोग गठन भएका छन्।
तर दलहरूले आयोगलाई राजनीतिककरण गर्ने गर्छन्। आयोगमा आफूनिकट कार्यकर्ता भर्ना गर्न पुरानो आयोग विघटन गर्ने र नयाँ आयोग गठन गर्ने परम्परा जस्तै भएको छ।
हेर्नुहोस् सुचि





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |