

धादिङ। नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एव नेपाली कांगेसका केन्द्रीय सहमहामन्त्री बद्री पाण्डेले नेकपा एमालेसँग सहकार्य र प्रतिस्पर्धा दुबै हुने बताउनुभएको छ।
शनिबार राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ धादिङको दोश्रो जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले नेपाली कांगेसको मुल प्रतिस्पर्धी नेकपा एमालेसँगको गठबन्धन अवसर र चुनौती दुवै रहेको बताउनुभयो ।
मन्त्री पाण्डेले २०८४ सम्म यहि गठबन्धनमा सहकार्य हुने भन्दै सुशासन, भ्रष्टचार न्युनिकरण र सरकारलाई स्थायित्व दिन गठबन्धन आवश्यक रहेको बताउनुभयो ।
उहाँले संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई चलायमान बनाउने गरी सरकारले काम गरिरहेको बताउनुभयो।
नेपालको पर्यटन क्षेत्रमा ठूलो लगानीसँगै लाखौं पर्यटकहरु भित्र्याउनुपर्ने भन्दै उहाँले हामीसँग जोडिएका संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई चलायमान बनाउने दिशामा हामी तत्परताका साथ लागिरहेको बताउनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |