

काठमाण्डौ । नेकपा माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) को नयाँ नेतृत्व चयन गर्न आज चुनाव हुँदै छ।
चुनावमा देशभरबाट २ हजार ४ सय भन्दा बढि प्रतिनिधिले मतदान गर्दैछन् ।उपत्यका विशेष प्रदेश र बाग्मती प्रदेशको मतदान काठमाण्डौमा हुँदैछ ।
अरू प्रदेशको सम्बन्धित प्रदेशबाटै मतदान गर्ने व्यवस्था गरिएको छ ।
निर्वाचन समितिका अनुसार ३३ पदाधिकारीका लागि एक सय ५५ जनाको उम्मेदवारी परेको छ ।अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् ।
केन्द्रीय अध्यक्षका लागि हेमन्त राई, सुदिन पौडेल, विजयप्रकाश शर्मा सापकोटा, योगेन्द्र बुढा र उपदेश यादवबीच प्रतिस्पर्धा हुँदैछ ।
अखिल क्रान्तिकारीमा एक अध्यक्ष, नौ उपाध्यक्ष, एक महासचिव, नौ उपमहासचिव, १२ जना सचिव र एक कोषाध्यक्ष गरी ३३ पदाधिकारी, ४८ सदस्यीय सचिवालयसहित कुल ३ सय १२ जना चयन हुनेछन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |