

काठमाण्डौ । काठमाण्डौको तीनकुने क्षेत्रमा लगाइएको कर्फ्यूको हटाइएको छ।
हिजो दिउँसोदेखि लगाइएको कर्फ्यू अहिले बिहान ७ बजेदेखि हटाइएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिनुभयो।
यसअघि गएराति १० बजेसम्मका लागि जारी भएको कर्फ्यूको समय आज बिहान ७ बजेसम्मका लागि थप गरिएको थियो।
बानेश्वर तीनकुने क्षेत्र, गौशालादेखि विमानस्थल, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वर बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमूल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै बानेश्वर चोकसम्म कर्फ्यू आदेश जारी भएपछि आवतजावत ठप्प भएको थियो ।
कर्फ्यू हटेपछि गाडीको आवतजावत सामान्य हुन थालेको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |