

धादिङ । नेकपा एमालेका केन्द्रिय सचिव एवं पुर्व भुमि सुधार मन्त्री पद्मा अर्यालले नेपाली जनताले फालेको राजतन्त्र कहिल्यै नफर्कने बताउनुभएको छ।
सोमबार नेकपा एमाले धादिङले गल्छी गाउँपालिका वडा नम्बर ६ स्थित महेशदोभानमा आयोजना गरेको गणतन्त्रको रक्षा, विकास र अराजक गलत प्रबृत्ति विरुद्धको जागरण सभालाई सम्बोधन गर्नुहुँदै नेता अर्यालले सो कुरा बताउनुभएको हो।
राजावादीले चैत्र १५ गते गरेको अराजक र हिंसात्मक आन्दोलनको घोर भत्र्सना गर्दै अर्यालले राजा फेरी सत्तामा आउने कुराको कल्पना समेत गर्न नसकिने बताउनुभयो।उहाँले राजाको पालामा सिटामोल खान नपाएर नेपाली जनताले मृत्युवरण गर्नुपरेको तथ्य आम नागरिकले बुझ्नुपर्ने स्पष्ट पार्नुभयो।
जनसभालाई सम्बोधन गर्नुहुँदै नेकपा एमालेका केन्द्रिय सदस्य एवं धादिङ ईन्चार्ज खेम प्रसाद लोहनीले राष्ट्रिय प्रजातन्त्र पार्टी पुर्व राजाको पछाडी सति जान लागेको धारणा राख्नुभयो। चैत १५ गते भएको आन्दोलनको सम्पूर्ण जिम्मा पुर्व राजा ज्ञानेन्द्रले लिनुपर्ने उहाँको भनाई थियो।

त्यस्तै नेकपा एमाले धादिङका अध्यक्ष भुमी प्रसाद त्रिपाठीले अँध्यारो मन पराउने तत्वहरुले देशमा भ्रमको खेती गरिरहेको बताउनुभयो। ईतिहास कहिल्यै नर्फकने भन्दै त्रिपाठीले उज्यालोको विकल्पमा अध्यारो हुन नसक्ने बताउनुभयो।
कार्यक्रममा एमालेका केन्द्रिय सदस्य जानुका सिम्खडा,नेताहरु जगन्नाथ नेपाल, डा.रामकुमार अधिकारी, रामप्रसाद अधिकारी, कृष्णप्रसाद अर्याल, नरेश खतिवडा, रमेश आचार्य लगायतका नेताहरुको आतिथ्य रहेको थियो भने नेकपा एमाले धादिङका जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु, धादिङबाट प्रदेश कमिटी रहेका सदस्यहरु तथा धुनिबेसी, थांक्रे, गल्छी, गजुरी, वेनिघाट रोराङ र सिद्धलेक गाउँपालिकाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।










आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |