

धादिङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) धादिङले चैत १५ गते काठमाडौंको तीनकुने घटनालाई लिएर पक्राउ परेकाहरुको रिहाईको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।
राप्रपा उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री डा.धवल शमसेर राणासहित पक्राउ परेका नेता कार्यकर्ताहरुलाई छिटो रिहा गर्न माग गर्दै राप्रपा धादिङले जिल्ला प्रशासन कार्यालय धादिङ मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र पठाएको हो।
तीनकुनेमा भएको घटनामा अवान्छित र अपरिचित व्यक्तिहरुले अर्काको घरको छतबाट ढुंगा, अस्रुग्याँस र गोली चलाउँदा परिस्थिती भयावह हुन पुगेको पनि ज्ञापनपत्रमा उल्लेख गरेका छन्।
तीनकुने घटनामा राजावादीहरुले अराजकता देखाएको र घटनाको सम्पूर्ण जिम्मेवारी राजावादीहरुले लिनुपर्ने चौतर्फी आलोचना भइरहँदा राप्रपा धादिङले भने उल्टै सरकारले उचित व्यवस्थापन गर्न नसकेको भन्दै दुः व्यक्त गरेको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |