

धादिङ । आज १९ औं लोकतन्त्र दिवस,दिवसको अवसरमा धादिङबेसीमा दीप प्रज्वलन गरिएको छ।
नीलकण्ठ नगरपालिका-३ स्थित पुछार बजार एमाले चोकमा आज साँझ गैर सरकारी संस्था महासंघ नेपाल धादिङले दीप प्रज्वलन गरेको हो ।
नेपालमा राणा शासन अन्त्य गरी प्रजातन्त्र तथा लोकतन्त्र ल्याउन योगदान गर्ने शहीदको सम्झना गर्दै दीप प्रज्वलन गरिएको हो।
कार्यक्रममा संविधान सभा सभा सदस्य गुरु बुर्लाकोटीले लोकतन्त्र जनताको विजयको दिवस भएको स्मरण गराउँदै यसको संरक्षण र सुदृढीकरणमा सबैले भूमिका खेल्नुपर्ने बताउनुभयो।
यस्तै नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारीले राजनितिक दल र नागरिक समाजको ठुलो देनले लोकतन्त्र ल्याउन सकिएको बताउनुभयो।

यसैगरी गैर सरकारी संस्था महासंघ धादिङका कार्यवाहक अध्यक्ष तोला कुमारी पाठकले लोकतन्त्र दिवसलाई उज्यालो दिनको सुरुवातको संज्ञा दिदै निरङ्कुशता पराजय भएको स्मरण गर्दै आज लोकतन्त्र दिवस मनाउँन पाउनु, नेपाली जनताको स्वतन्त्रता र आजको उपलब्धि लोकतन्त्रको उपज रहेको बताउनुभयो।
दीप प्रज्वलन कार्यक्रमको अवसरमा वक्ताहरूले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |