

धादिङ । राष्ट्रिय युवा संघ खनियाबास गाउँपालिका कमिटीको अध्यक्षमा नारायण तामाङ चयन हुनुभएको छ ।
मंगलबार राष्ट्रिय युवा संघ खनियाबास गाउँपालिका कमिटि ले वडा नं ४ को दार्खामा आयोजना गरेको दोस्रो पालिका अधिवेशनले नारायण तामाङको अध्यक्षतामा २५ सदस्यीय कमिटि गठन गरिएको जिल्ला कमिटि सदस्य रुविन तामाङले जानकारी दिनुभयो ।
कमिटिको उपाध्यक्षमा आशिष् तामाङ, सचिवमा कृष्ण तामाङ, सहसचिवमा योन्जा तामाङ, कोषाध्यक्षमा सोम बहादुर तामाङ चयन हुनुभएको छ ।
धानु तामाङको अध्यक्षतामा भएको अधिवेशनमा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य कमरेड ईमान तामाङ को प्रमुख आतिथ्यता, युवा संघ जिल्ला इन्चार्ज कामल सिलवाल, युवा संघ जिल्ला अध्यक्ष सुनिल तामाङको बिशेष आतिथ्यता रहेको थियो ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |