

धादिङ । नेकपा (एमाले) को जनवर्गिय संगठन नेपाल बुद्धिजीवी परिषद्को अध्यक्षमा धादिङको सिद्धलेक गाउँपालिका-६ परेवाटारका ईन्जिनियर गजेन्द्र थपलिया विजयी हुनुभएको छ।
परिषदको आईतबार भएको ११ औँ अधिवेशनमा थपलियाले डा दीपेन्द्र भण्डारीलाई ५० मतको अन्तरले पराजित गर्दै बिजयी हुनुभएको हो । थपलिया वर्तमान महासचिव हुनुहुन्थ्यो ।
अध्यक्षमा निर्वाचित हुनुभएका थपलिया जसको योजनामा नेपालमा तुईन विस्थापित भएको थियो भने माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, नागढुंगा सुरुङमार्ग, र मध्यपहाडी लोकमार्गजस्ता ठूला पूर्वाधार परियोजनाहरु अगाडि बढेका थिए ।
थपलिया नेकपा एमालेको शहरी विकास विभाग सचिव समेत हुनुहुन्छ ।
यो अधिवेशनसँगै तीन कार्यकाल नेतृत्वको जिम्मेवारी सम्हाल्नुभएको डा दिनेशचन्द्र देवकोटाले बुद्धिजीवी परिषद्बाट विदा लिनुभएको छ ।
अधिवेशनबाट महासचिवमा डा दीपेन्द्र श्रेष्ठ निर्वाचित हुनभएको छ । तीन पद बाहेक सबै पद निर्विरोध भएको थियो । अधिवेशन पाँच आयोगसहित ९९ सदस्यीय केद्रीय कमिटी निर्वाचित गरेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |