

धादिङ । काठमाण्डौं महानगरका मेयर बालेन्द्र (बालेन) शाह र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङविरुद्ध धादिङमा पनि प्रहरीमा जाहेरी दिएको छ ।
नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले बुधबार जिल्ला प्रहरी कार्यालय धादिङमा जाहेरी दिएका हुन्।
अनेरास्ववियु धादिङका संयोजक सविन नेपालको नेतृत्वमा गएको विद्यार्थी टोलीले भदौ २३ र २४ गते जेन जीले गरेको प्रदर्शनका क्रममा हिंसा भड्काउने, तोडफोड, आगजनी र प्रहरी हत्या जस्ता घटनामा संलग्न भएको आरोपमा शाह र गुरुङलाई कारबाहीको माग गर्दै जाहेरी दिएका हुन् ।
भदौ २३ र २४ गते जेन जीले गरेको प्रदर्शन दबाउन भूमिका खेलेको भन्दै तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी कारबाही गर्न जेन जीहरूले सरकारलाई दबाब दिइरहेका छन् ।
पार्टी अध्यक्ष ओलीलाई पक्राउ गर्न जेनजीहरूले दबाब बढाएसँगै नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले जेन जी अगुवा गुरुङ र काठमाण्डौं महानगर प्रमुख साह विरुद्ध देशैभर उजुरी दिनका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |