

धादिङ । नेकपा एमाले धादिङले अहिलेको सरकारले असंवैधानिक र अदृश्य शक्तिको आडमा पार्टीका शीर्ष नेताहरूमाथि बिना प्रमाण धरपकड र चरित्र हत्या गर्ने अभियान चलाएको भन्दै आपत्ति जनाएको छ ।
असंवैधानिक गतिविधि नरोकिए एमाले धादिङ कडा प्रतिवादका लागि सडकमा उत्रिने बताएका छन् ।
एमाले धादिङले प्रेस वक्तव्य जारी गर्दै सरकारले नेकपा एमालेका श्रद्धेय अध्यक्षसहित नेताहरूमाथि बिना आधार र प्रमाण धरपकड गर्ने, सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने, जनतामा डर र त्रास फैलाउने तथा एमालेको तेजबोध गर्ने जस्ता हर्कतहरू गरिरहेको उल्लेख गरेको छ ।
विज्ञप्तिमा यस्ता गतिविधि तत्काल रोक्न सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएको छ।
नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले यदि यस्ता असंवैधानिक गतिविधि नरोकिए एमाले धादिङ कडा प्रतिवादका लागि सडकमा उत्रिने बताउनुभएको छ ।
उहाँले भन्नुभयो,कडा प्रतिवादका लागि सडकमा उत्रिदा सिर्जित हुने परिणामको सम्पूर्ण जिम्मेवारी अहिलेको सरकारले नै लिनुपर्नेछ।
अध्यक्ष त्रिपाठीले एमालेका सम्पूर्ण नेता, कार्यकर्ता र पार्टी पंक्तिलाई यस्ता गतिविधि देखिए तत्काल प्रतिवाद गर्न निर्देशन दिनुभएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |