

धादिङ । नेपाल भलिबल संघले श्रीलंकाको कोलम्बोमा आगामी नोभेम्बर ४ देखि ९ तारिखसम्म हुने CAVA U-19 Women’s Volleyball Championship 2025 का लागि नेपाली महिला राष्ट्रिय टिमको अन्तिम सूची सार्वजनिक गरेको छ।
सेन्ट्रल एसियन भलिबल संघ (CAVA) को स्वीकृतीमा श्रीलंका भलिबल फेडरेसनको आयोजनामा कार्तिक १८ गते देखि २३ गते सम्म हुने प्रतियोगिताको लागि टिमको अन्तिम सूची सार्वजनिक गरिएको हो ।
टिममा धादिङका दुई खेलाडी छनोट भएका छन् । टिममा धादिङ सिद्धलेक गाउँपालिका–१ की रेबिका लामा तामाङ र थाक्रे गाउँपालिकाकी भावना तामाङ छनौट भएकी छिन् ।
नेपाल भलिबल संघको असोज २३ गतेको ५७ औ कार्यसम्पादन समितिको वैठकले १ जाना संयोजक र २ जना सदस्य प्रशिक्षकलाई राष्ट्रिय यू १९ महिला टिम छनौटको जिम्मेवारी दिएको थियो ।
१८ जना महिला भलिबल खेलाडी छनौट भएता पनि २ जना स्वइच्छाले वन्द प्रशिक्षणमा सहभागी नभएकोले १६ जनालाई मात्र प्रशिक्षण गराई असोज २७ गते सम्पन्न अन्तिम चरणको छनौटबाट १२ खेलाडीहरु छनौट भएको नेपाल भलिबल संघले जनाएको छ ।
अन्तिम १२ खेलाडीको सूची
१. जेनिसा विश्वकर्मा
२. मिना सुनार
३. आसिका क्षेत्री
४. क्रिस्मा डांगी
५. निशा महर
६. सम्झना नेपाली
७. एन्जिला प्रधान
८. भावना तामाङ्ग
९. प्रतिभा चौधरी
१०. सुनिता खत्री
११. रेविका लामा तामाङ्ग
१२. विनिता राना






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |