

काठमाण्डाै । सरकारले अनावश्यक धर्ना, जुलुस र प्रदर्शनका कार्यक्रम नगर्न आग्रह गरेको छ ।
जेनजी पुस्ताको अगुवाइमा भएको प्रदर्शनपछि गठित वर्तमान सरकार फागुन २१ गतेका लागि तय भएको चुनावको वातावरण बनाउन क्रियाशील रहेको भन्दै अनावश्यक धर्ना, जुलुस र प्रदर्शनका कार्यक्रम नगर्न आग्रह गरेको हो।
गृह मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा चुनाव केन्द्रित वातावरण निर्माण हुँदै गरेको अवस्थामा अहिले सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति तथा समूहका नाममा आन्दोलनका कार्यक्रमहरू सार्वजनिक भएकोमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
विज्ञप्तिमा देशमा अस्थिरता निम्त्याउन खोज्ने स्वार्थ समूहले यस्ता कार्यक्रममा घुसपैठ गरी अशान्ति एवम् अराजकता निम्त्याउन सक्ने हुँदा त्यसतर्फ आयोजकहरू समेत सचेत हुनुपर्ने भनिएको छ ।
मन्त्रालयले माग राख्दा नागरिकको शान्तिपूर्वक बाँच्न पाउने, निर्बाध सार्वजनिक सेवा प्राप्त गर्ने र चुनावमा भाग लिन पाउने अधिकारहरू कुण्ठित हुन नदिन आग्रह गरेको छ ।

File photo





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |