

काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात भएको हो ।
आज दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँहरुमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै ठाउँहरुमा मध्यम हिमपात र वर्षा तथा बाँकी तराईका एकरदुई ठाउँमाा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई ठाउँमा ठूलो हिमपात र वर्षाको पनि सम्भावना रहेको छ ।
यस्तै राति गण्डकी प्रदेशका केही ठाउँहरुमा, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै ठाउँहरुमा तथा कोशी प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भूभागका एकरदुई ठाउँमा मध्यम हिमपात र वर्षाको सम्भावना रहेको छ ।
बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक,दुई ठाउँमा राति पनि ठूलो हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण मौसम बदली भएको हो ।
शुक्रवारसम्म नै वर्षा र हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, पर्वतारोहणलगायत कृषि, पर्यटन क्षेत्रमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |