

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले आज घरेलु टोली यूएईसँग खेल्दै छ ।
खेल नेपाली समयअनुसार दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा बिहान सवा ११ बजे सुरू हुनेछ।नेपालले पछिल्लो खेलमा अमेरिकासँग १०६ रनले लज्जास्पद हार बेहोरेको थियो।
यूएई पनि अमेरिकासँग ४ विकेटको हारपछि यस खेलका लागि प्रतिस्पर्धामा उत्रिन लागेको हो।
एकदिवसीय अन्तर्राष्ट्रियमा कमजोर फर्ममा रहेका दुवैका दुई लागि यो खेल पुनरागमन गर्ने अवसरसमेत हो।
नेपाल र यूएईले हालसम्म एक अर्काविरूद्ध ९ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेकोमा नेपालले ४ र यूएईले ५ खेल जितेको छ। नेपाल हाल लिग–२ को अंक तालिकामा सातौं स्थानमा छ।
१७ खेलमा ५ जित र १० हार व्यहोरेको नेपालको १२ अंक छ। समान खेलमा मात्र ३ जित हात पारेको यूएई ६ अंकसहित पुछारमा छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |