

काठमाण्डौ । देशका मध्य क्षेत्रका केही ठाउँमा वर्षा भैरहेको छ । पूर्व र पश्चिमका धेरै ठाउँमा भने गएरातिदेखि नै मौसममा क्रमिक सुधार हुन थालेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मध्य क्षेत्रमा पनि दिउँसोदेखि मौसममा क्रमिक सुधार हुने मौसम छ।
हिजोजस्तो ठूलो पानी पर्ने सम्भावना नरहेको महाशाखाका मौसमविद गोविन्द झाले बताउनुभयो ।
दिउँसोसम्म काठमाण्डौ र मध्य भेगका केही ठाउँमा पानी पर्ने र रोकिने क्रम चलिरहने र त्यसपछि मौसममा क्रमिक सुधार हुने उहाँको भनाइ छ ।
दिउँसोपछि मौसममा क्रमिक सुधार भए पनि आज घाम लाग्ने सम्भावना कम छ । भोलिदेखि पश्चिम र मध्य भेगका धेरै ठाउँमा घाम लाग्ने र त्यसपछि मौसम घमाइलो हुने मौसमविदले बनाएका छन् ।
बंगालको खाडीमा विकसित मोन्था चक्रवातको प्रभाव घट्न थालेपछि मौसममा क्रमिक सुधार भैरहेको छ ।
पश्चिमी वायू, अरब सागरमा विकसित प्रणाली र मोन्था चक्रवातको समेत प्रभावले केही दिनयता वर्षा र हिमपात भैरहेकोमा गएरातिदेखि क्रमिक सुधार हुन थालेको हो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |