

काठमाण्डाै । सोमवारदेखि सुरु हुने दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ ।
क्यानका महासचिव पारस खड्काले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिनुभयो ।आज काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको पुरस्कार रकमसमेत घोषणा भएको छ ।
यो संस्करणमा पुरस्कार रकममा घटबढ भएको छैन । क्यानका अनुसार विजेता टोलीले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ५१ लाख, तेस्रो हुनेले २५ लाख र चौथो हुनेले १५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
यसैबीच क्यानले एनपीएलको दोस्रो संस्करणबाट ३५ करोड रुपैयाँभन्दा धेरै आम्दानी हुने अनुमान गरेको छ । प्रायोजकबाट १५ करोड ३० लाख, सहभागी टोलीहरूबाट ९ करोड, ओटीटीबाट ५ करोड ३० लाख र टिकटबाट ८ देखि १२ करोड रुपैयाँसम्म उठ्ने क्यानको अनुमान छ ।
एनपीएलको उद्घाटन खेलमा पर्सि साविक विजेता जनकपुर बोल्ट्स र काठमाण्डौ गुर्खाजबीच प्रतिस्पर्धा हुनेछ । प्रतियाेगितामा जनकपुर, काठमाण्डाै, चितवन राइनाेज, कर्णाली याक्स, विराटनगर किङ्ग्स, पाेखरा एभेन्जर्स, सुदूरपश्चिम राेयल्स र लुम्बिनी लायन्स गरी ८ वटा टाेली सहभागी छन् । यस पटक एनपीएल फ्लडलाइटमा पनि खेलाइनेछ ।
प्रतियोगिता मङ्सिर २७ गतेसम्म सञ्चालन हुने छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |