

धादिङ । नीलकण्ठ नगरपालिका-८ ससाह देउरालीस्थित शिव मन्दिरमा आज विशेष जात्रा लाग्ने भएको छ ।
हिन्दु धर्मावलम्बीबीच गहिरो आस्था राखी मनाइने धार्मिक परम्पराको जगेर्नाका लागि यस वर्षदेखि मंसिर कृष्ण त्रयोदशीका दिन विशेष रूपमा साँझ पूजा–आजाको परम्परा सुरु गरिएको हो ।
सामान्य विधिबाट पूजा हुँदै आएको यस शिव मन्दिरमा यस वर्षदेखि व्यवस्थित र विशेष पूजा विधि थालिएको शिवालय धार्मिक विकास संस्थाका अध्यक्ष केशव कोइरालाले जानकारी दिनुभयो।
उहाँका अनुसार आज मंसिर २ गते साँझ सामूहिक रुपमा फूलको डोली भित्र्याइने, रातभर पूजा–पाठ गरिने तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिनेछ।
स्थानीय बासिन्दाले हरेक वर्ष जात्रालाई अझ व्यवस्थित र आकर्षक बनाउन निरन्तर पहल गर्दै आइरहेको उल्लेख गर्दै अध्यक्ष कोइरालाले यस पहलले नेपालभर प्रचलित धार्मिक विश्वास, परम्परा र सामुदायिक संस्कृति जगेर्नामा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |