

धादिङ । धादिङको धुनिवेशी नगरपालिका-६ चालिसेबाट १० ग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही नगरपालिका-८ कोईरालीटार बस्ने रामेछापको रामेछाप नगरपालिका-७ रामपुर घर भएका ४५ वर्षीय मानदास तामाङ रहेका छन् ।
तामाङलाई बुधबार बिहान इलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
साथै थप अनुसन्धानको क्रममा उनी बस्ने कोठा तलासी गर्दा थप २ ग्राम ७ सय २० मिलिग्राम ब्राउनसुगर र २ सय ८८ ग्राम ९ सय १० मिलिग्राम गाँजा फेला पारी बरामद गरिएको र आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |