

धादिङ । सदरमुकाम धादिङबेशीमा रहेको सनराइज कम्प्युटरका प्रोपाइटर कृष्ण श्रेष्ठले नेपाल पत्रकार महासंघ धादिङ शाखालाई एक सेट डेस्कटप कम्प्युटर प्रदान गर्नुभएको छ ।
संचारकर्मीहरुको साझा थलो नेपाल पत्रकार महासंघको कार्यालयमा कम्प्युटर उपलब्ध गराइ सहकार्य गर्नका लागि श्रेष्ठले एक थान डेस्कटप कम्प्युटर उपलब्ध गराउनुभएको हो ।
नेपाल पत्रकार महासंघमा कम्प्युटर हस्तान्तरण गर्दै संचारकर्मीहरुलाई काम गर्न संस्थागत रुपमा सहज होस भनेर कम्प्युटर उपलब्ध गराइएको सहयोगि श्रेष्ठले बताउनुभयो ।
संचार क्षेत्रलाई कम्प्युटर उपलब्ध गराएर सहयोग गर्ने श्रेष्ठलाई महासंघले धन्यवाद दिँदै संस्थागत विकास र संचारकर्मीको सहजताका लागि उपलब्ध सहयोगबाट काम कार्यालय व्यवस्थापनमा योगदान पुगेको नेपाल पत्रकार महासंघका सचिव सन्तोषराज श्रेष्ठले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |