

धादिङ । धादिङमा विभिन्न मुद्दामा सजाय तोएिर फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङको सिद्धलेक गाउँपालिका-७ बस्ने बर्ष ३१ को रकम बहादुर मगर र थाक्रे गाउँपालिका-२ का बर्ष ३७ को चन्द्र भनिने चन्दन बाँनिया रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
धादिङ अदालतबाट सिद्धलेकका रकम बहादुरलाई लागुऔषध गाँजा मुद्दामा २ वर्ष कैद र १० हजार जरिवाना र थाक्रेका बाँनियालाई अभद्र व्यवहार मुद्दामा २ हजार ९ सय जरिवाना तोकिई कैद तथा जरिवाना रकम असुल उपर गर्न बाँकी रहेको अवस्थामा फरार रहेका उनिहरुलाई खोजतलास गर्ने क्रममा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।
पक्राउ परेका दुवै जनालाई फैसला कार्यान्वयनको लागि धादिङ जिल्ला अदालतमा पठाईएको प्रहरी नायव उपरीक्षक दाहालले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |