

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का पूर्व वडाअध्यक्ष र उनका छाेरा विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणी उद्योगसम्बन्धी जाहेरी दर्ता भएकाे छ ।
पूर्व वडा अध्यक्ष ६५ वर्षीय गुणबहादुर थपलिया र उनका छाेरा ४० वर्षीय रामशरण भन्ने केशव थपलिया विरुद्ध मंगलबार जबरजस्ती करणी उद्याेग, ज्यानमार्ने उद्योग र अभद्र व्यवहारकाे जाहेरी दर्ता भएकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयाे ।
आराेपित केशव थपलियाले आराेपितकाे घर नजिकै ३३ वर्षीया एक महिलालाई जबर्जस्ती करणी उद्योग गरेकाे र पीडितले गुहार मागेपछि अन्य मानिसकाे सहयाेगमा प्रहरीले उद्धार गरेकाे थियाे ।
पीडितलाई छाेराले जबरजस्ती करणी उद्योग गरेकाे र बाबु गुण बहादुरले कुटपिट समेत गरि छाेरालाई सघाएकाे पीडित पक्षकाे भनाई छ ।
घटनापछि पीडितकाे धादिङ अस्पतालमा उपचार भएको र मंगलबार जाहेरी दर्ता भएको हो। आराेपितहरुलाइ प्रहरीले साेमबार हिरासतमा लिई मंगलबार जिल्ला अदालत धादिङ पेश गरेर ७ दिन थुनामा राखी अनुसन्धान गर्न अदालतले अनुमति दिएकाे प्रहरीले जनाएकाे छ।
पीडित पक्षले मंसिर ८ गते राष्ट्रिय महिला आयाेगमा न्याय पाउन, अन्यायीलाई कारबाही गर्न र सुरक्षाकाे व्यवस्था गर्न सघाउन माग गर्दै जाहेरी समेत दर्ता गराएका छन् ।
गुणबहादुर थपलिया २०७४ को निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष बन्नुभएको थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |