

काठमाण्डौ । चुनावको सुरक्षाका लागि राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालनको स्वीकृति दिनुभएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले आज निकाल्नुभएको विज्ञप्तिमा आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको सुरक्षाका लागि राष्ट्रपतिले सेना परिचालनको स्वीकृति दिनुभएको उल्लेख छ ।
गएको सोमवार बसेको मन्त्रिपरिषद् बैठकले चुनाव लक्षित सुरक्षार्थ सेना परिचालनका लागि राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको थियो ।
गएको भदौ २३ र २४ गते नवयुवाबाट भएको आन्दोलनपछि गठित अन्तरिम सरकारले फागुन २१ गतेका लागि प्रतिनिधिसभा चुनाव तोकेको छ । filephoto





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |