

काठमाण्डौ । एसीसी पुरुष १९ वर्षमुनिको प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज मलेशियासँग खेल्दैछ ।
खेल संयुक्त अरब इमिरेट्स (यूएई) को अजमान मैदानमा नेपाली समयअनुसार बिहान ९ बजेदेखि शुरु हुनेछ ।
नेपाल समूह ‘ए’ को र मलेशिया समूह ‘डी’ को विजेताका रूपमा सेमिफाइनलमा पुगेका हुन् । समूह चरणको खेलमा नेपालले लगातार दुई खेल जित्दै सेमिफाइनल पुगेको हो ।
नेपालले आफ्नो पहिलो खेलमा साउदी अरेबियालाई आठ विकेटले र दोस्रो खेलमा हङ्कङलाई एक सय १९ रनको फराकिलो अन्तरले हराएको थियो ।
आजको खेल जिते नेपाल फाइनलमा पुग्नेछ ।
समूह ‘ए’ र ‘बी’ मा तीन÷तीन तथा समूह ‘सी र ‘डी’ मा चार÷चार गरी १४ टोलीको सहभागिता रहेको यो प्रतियोगिताबाट फाइनलमा पुग्ने दुई टोली र तेश्रो स्थानमा रहने टोली आउँदो एसीसी १९ वर्षमुनिको एशिया कपमा छनोट हुनेछ ।
१९ वर्षमुनिको एशियन प्रिमियर कपको फाइनल खेल आउँदो सोमवार हुनेछ । १९ वर्षमुनिको एशिया कप आउँदो डिसेम्बरमा यूएईमै हुँदैछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |