

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज काठमाण्डु गोर्खाज र कर्णाली याक्सले खेल्दैछन् । खेल कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा दिउँसो साढे ३ बजे शुरु हुनेछ ।
काठमाण्डौ ५ खेलमा ३ जीत र २ हारसहित ६ अङ्क जोड्दै तालिकाको तेश्रो स्थानमा छ । कर्णाली ४ खेलमा १ जीत र तीन हारसहित २ अङ्कका साथ छैटौं स्थानमा छ । दुवै टोलीको प्ले अफमा पुग्ने सम्भावना कायमै छ ।
हिजो भएको खेलमा लगातार ५ वटा खेल जित्दै सुदूरपश्चिम रोयल्सले प्ले अफमा स्थान बनाएको छ । साविक विजेता जनकपुर बोल्ट्सलाई ६ विकेटले हराएर सुदूरपश्चिम यो सिजन प्ले अफमा पुग्ने पहिलो टोली बनेको छ । अहिलेसम्म एक खेल पनि जित्न नसकेको जनकपुर अङ्कतालिकाको पुछारमा छ ।
यस्तै हिजोको खेलमा लुम्बिनी लायन्सले पोखरा एभेञ्जर्सलाई २ विकेटले हरायो । लुम्बिनीको पनि प्ले अफमा पुग्ने सम्भावना कायमै छ । लुम्बिनी ५ खेलमा चार अङ्कसहित तालिकाको पाँचौ स्थानमा छ । अङ्कतालिकामा विराटनगर दोस्रो र चितवन चौथो र पोखरा सातौँ स्थानमा छ ।
एनपीएलमा आठ वटा फ्रेन्चाइज टोली सहभागी छन् । गएको मङ्सिर १ गतेदेखि शुरू भएको दोस्रो संस्करणको एनपीएल क्रिकेट यहि २७ गतेसम्म चल्नेछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |