

धादिङ । मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने नेकपा एमालेको राष्ट्रिय महाधिवेशनको लागि धादिङ जिल्लाबाट सर्वसम्मत प्रतिनिधि छनोट भएका छन् ।
जिल्ला कमिटी धादिङले प्रतिनिधि निर्वाचन क्षेत्र नम्बर १ र २ दुबै क्षेत्र र क्लस्टरहरुबाट गरि १८ जना सर्वसम्मत छानेको हो।
प्रतिनिधि छनौटका लागि गरिएको प्रक्रियाअनुसार उमेदवारी दिएका जिल्लाका नेताहरुको रोहवरमा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज खेम लोहनी, केन्द्रीय सदस्य जानुका सिंखडा, जिल्ला अध्यक्ष भुमि त्रिपाठी र जिल्ला सचिव राधिका सापकोटासहितको बैठकबाट सहमतिका आधारमा महाधिवेशन प्रतिनिधिहरु चयन गरिएको हो ।
छनोट भएका प्रतिनिधिहरु अहिलेको पार्टी नेतृत्व केपी ओलीको पक्षमा उभिने देखिन्छ ।
यी हुन् छनोट भएका प्रतिनिधिहरु
निर्वाचन क्षेत्र नम्बर १
-भुमि त्रिपाठी
-प्रेम सिलवाल
-राजेन्द्रविक्रम वस्नेत
-नरेश खतिवडा
-कृष्ण पन्त
-केदार पाठक
-उर्मिला रेग्मी
-उमा सिंखडा नेपाल
-कमला शर्मा
-सुनिल तामाङ
निर्वाचन क्षेत्र नं २
-अर्जुन कुमार श्रेष्ठ गोर्खाली)
-भक्तबहादुर लामिछाने
-राधिका सापकोटा
-बाबुकृष्ण श्रेष्ठ
-नारायण कुमार गुभाजु
-उर्गेनवती तामाङ
-सञ्जय दुवाडी
-ध्रुव वि.क






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |