

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई वटा खेल हुँदैछन् ।
आज हुने पहिलो खेल बिहान पौने १२ बजे कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा काठमाण्डु गोर्खाज र पोखरा एभेञ्जर्स खेल्दैछन् ।यस्तै आजै हुने अर्को खेलमा दिउँसो सुदूरपश्चिम रोयल्स् र चितवन राइनोज खेल्दैछन् ।
लिग चरणको आफ्नो अन्तिम खेलमा काठमाण्डुले जिते ‘प्ले अफ’मा पुग्नेछ । काठमाण्डु ६ खेलमा ४ जीत र ३ हारसहित ८ अङ्क जोड्दै तालिकाको दोश्रो स्थानमा छ ।पोखराको पनि ‘प्ले अफ’मा पुग्ने सम्भावना कायमै छ । पोखराको अन्तिम खेल चितवन राइनोजसँग छ । आज काठमाण्डुलाई र आफ्नो अन्तिम खेलमा चितवनलाई हराए मात्रै पोखराको ‘प्ले अफ’मा पुग्ने सम्भावना रहन्छ । पोखरा ५ खेलमा २ जीत र ३ हारसहित ४ अङ्क जोड्दै चौथो स्थानमा छ ।
सुदूरपश्चिम यसअघि नै लगातार ५ खेल जित्दै तालिकाको शीर्ष स्थानमा रहँदै ‘प्ले अफ’ पुग्ने पहिलो टोली बनिसकेको छ । अपराजित सुदूरपश्चिमको १० अङ्क छ ।चितवनको ‘प्ले अफ’ पुग्ने सम्भावना कायमै छ । आज सुदूरपश्चिमलाई र आफ्नो अन्तिम खेलमा पोखरालाई हराए मात्रै चितवनको ‘प्ले अफ’मा पुग्ने सम्भावना रहन्छ ।
चितवन ५ खेलमा २ जीत र तीन हारसहित ४ अङ्क जोड्दै छैटौं स्थानमा छ ।हिजो भएको खेलमा लुम्बिनी लायन्सले विराटनगर किङ्ग्सलाई ५ विकेटले हराउँदै ‘प्ले अफ’को सम्भावना कायमै राखेको छ । लुम्बिनी ६ खेलमा ३ खेल जित्दै ६ अङ्कसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ ।
विराटनगर ६ खेलमा ४ खेल जित्दै ८ अङ्कसहित तेश्रो स्थानमा छ । विराटनगरको पनि ‘प्ले अफ’ पुग्ने सम्भावना कायमै छ ।
कर्णाली याक्स ६ खेलमा र साविक विजेता जनकपुर बोल्ट्स ५ खेलमा समान २ अङ्कसहित पुछारमा छन् । तालिकाको सातौं र आठौं स्थानमा रहेका कर्णाली र जनकपुर ‘प्ले अफ’को समीकरणमा बाहिरिसकेका छन् ।
एनपीएलमा आठ वटा फ्रेन्चाइज टोली सहभागी छन् । गएको मङ्सिर १ गतेदेखि शुरू भएको दोस्रो संस्करणको एनपीएल क्रिकेट यही २७ गतेसम्म चल्नेछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |