

धादिङ । पृथ्वी राजमार्ग अन्तरगत धादिङको धुनिवेशी नगरपालिका–६ चालिसेमा सात वटा सवारी एकआपसमा ठोक्किँदा ३५ जना घाइते भएका छन्।
शनिबार गोरखाबाट काठमाडौंतर्फ आउँदै गरेको बा १ प ९१७ नम्बरको बस, सोही दिशातर्फ जाँदै गरेको ग १ ख ८५५१ नम्बरको बस, विपरित दिशाबाट आएका NL01AB4654 नम्बरको डिब्बा गाडी, GJ03AZ3231 नम्बरको भारतीय बस, बा.प्र. ०६–००१ ग ००११ नम्बरको बस, ना ४ ख ७१५ नम्बरको ट्रक र लु ९५ प ३०७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको हो।
दुर्घटनामा घाईते हुनेहरु
बा १ प ९१७ नम्बरको बसमा रहेका घाइते
१) विनोद पोखरेल (बर्ष ५१), गोरखा पालुङटार-४ – निधारमा चोट, अवस्था मध्यम, काठमाडौं पठाइएको।
२) मिना पनेरु (बर्ष ३३), गोरखा–३ – निधार, दाहिने हात र खुट्टामा चोट, अवस्था मध्यम।
३) इन्द्रकुमारी देवकोटा (बर्ष ६९), गोरखा–१ – निधारमा चोट, अवस्था मध्यम।
४) सीता गजुरेल (बर्ष ६५), काठमाडौं पुरानो गुजेश्वरी–४ – निधारमा चोट, अवस्था मध्यम।
५) अजय घिमिरे (बर्ष ४०), लम्जुङ – च्यापुमा चोट, साईबाबा अस्पतालमा उपचारपछि काठमाडौं रिफर।
६) सुर्य घिमिरे (बर्ष ४०) – बाँया आँखामाथि सामान्य चोट, डिस्चार्ज।
७) कुशल घिमिरे (बर्ष १५) – आँखामुनि सामान्य चोट, डिस्चार्ज।
बा.प्र. ०६–००१ ग ००११ नम्बरको स्कुल बस (चितवन) का घाइते
८) बा.प्र.०६-००१ ग ००११ नं को बस चालक जि.चितवन कालिका न.पा-६ बस्ने बर्ष ४२ को उदय बहादुर थापा
९) चितवन कालिका न.पा-६ बस्ने बर्ष १६ को सुवित थिङ
१०) बर्ष १५ की कबिता सिङ
११) बर्ष १६ को यमवि श्रेष्ठ
१२) बर्ष १५ को रमित परियार
१३) बर्ष १६ को समिर मगर
१४) बर्ष १५ को ईस्माईल थिङ
१५) बर्ष ३२ की कमला लामिछाने
१६) बर्ष १३ को सचिन गुरुङ
१७) बर्ष २३ को शिव लामिछाने
१८) बर्ष १६ को आस्विन प्रजा
१९) बर्ष १६ कि राधिका चेपाङ
२०) बर्ष १६ को मिलन तामाङ
२१) बर्ष ७ की कशिस तामाङ
२२) बर्ष १८ को सन्तोस प्रजा
२३) बर्ष १५ को बिराज तामाङ
२४) बर्ष १२ को जयराम अर्याल
२५) बर्ष १७ को निशान गुरुङ
२६) बर्ष १६ को समिर परियार
२७) बर्ष १६ को जसमिन श्रेष्ठ
२८) बर्ष २० कमल गुरा
२९) बर्ष १६ की रबिना सुनार
३०) ईच्छाकामना गा.पा-७ बस्ने बर्ष १८ की प्रतिमा मगर
३१) बर्ष १४ को आयुब बि.क.
३२) बर्ष १५ की बिमला तामाङ
३३) लु.९५ प ३०७ नं. मोटरसाईकल चालक धादिङ थाक्रे गा.पा-६ महादेववेशि बस्ने बर्ष ५९ को सेख खलि एस-शरिरको विभिन्न भागमा चोट,अवस्था गम्भिर
३४) NL01AB4654 नं. को डिब्बा गाडि चालक नाम थर नखुलेको अं. ३०/३५ बर्ष को चालक,वै खुट्टा र घाँटिमा चोट अवस्था गम्भिर ट्रमा सेन्टर मा उपचार भईरहेको ।
३५) ग १ ख ८५५१ नं. को बस चालक जि.गोरखा पालुङटार न.पा-३ बस्ने बर्ष ४४ को राजु कार्कि
दुर्घटनाका कारण केही समय अवरुद्ध बनेको राजमार्ग अहिले एकतर्फी रूपमा सञ्चालन भएको प्रहरीले जनाएको छ। दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक श्यामकुमार बस्नेतले जानकारी दिनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |