

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६ गोलाङका मुटुरोग पीडित ३७ वर्षीय टेक बहादुर थपलियाको जीवन रक्षाका लागि परिवारले आर्थिक सहयोगको अपिल गरेका छन् ।
करिब एक दशकबदेखि मुटु रोगको समस्या झेलिरहेका टेक बहादुर विगत सात बर्षदेखि उपचाररत छन् ।
थपलियाले हाल काठमाडौँस्थित ह्याम्स अस्पतालमा उपचार गराइरहेका छन् । तर थप उपचारका लागि ठूलो रकम आवश्यक पर्ने भएपछि आर्थिक अवस्था कमजोर भएका कारण परिवारलाई उपचार खर्च धान्न समस्या भएको पारिवारिक स्रोतले जनाएको छ।
घरको मुख्य कामदार नै बिरामी परेपछि परिवार गम्भीर आर्थिक संकटमा परेको र उपचार रोकिने अवस्था सिर्जना भएकाले परिवार देश–विदेशमा रहेका सम्पूर्ण शुभेच्छुक, समाजसेवी तथा सहयोगी मन भएका व्यक्तिहरूसँग सहायताको अपिल गरेका छन् । पीडित थपलियाको उपचार सहयोगका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा उहाँकै नाममा खाता खोलिएको छ।
सहयोग गर्न चाहने महानुभावहरूले तल उल्लेखित बैंक खातामा रकम जम्मा गर्न सक्नेछन् ।
बैंक : नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
खाता नम्बर : १६७०५००००३९०
खातावालाको नाम : टेक बहादुर थपलिया







आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |