

बुढाथुम । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत धादिङको गंगाजमुना गाउँपालिका–७ मा “महिला समूहद्वारा पञ्चेबाजा र गीत मार्फत सचेतनामुलक कार्यक्रम प्रस्तुत गरिएको छ ।
“प्रविधिको सही उपयोग गरौँ : लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने सन्देशसहित आयोजित कार्यक्रममा पाँच वटा महिला समूहहरूले आकर्षक पञ्चेबाजा सहित लैङ्गिक हिंसा बिरूद्धको गीत मार्फत सचेतनामुलक सन्देश प्रस्तुत गरेका थिए ।
गंगाजमुना गाउँपालिकासँगको सहकार्य तथा आड्रा नेपालको सहयोगमा प्रयास नेपाल धादिङले सञ्चालन गर्दै आएको उत्थानशील जिविकोपार्जन तथा खाद्य सुरक्षाा परियोजना अन्तरगत भएको कार्यक्रममा महिला समूहहरूले पञ्चेबाजाको सांस्कृतिक प्रस्तुतीमार्फत लैङ्गिक हिंसा, डिजिटल हिंसा र प्रविधिको दुरुपयोगबारे सचेतना फैलाउने उद्देश्य प्रस्तुती गरिएको गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख ईन्द्र कुमारी श्रेष्ठले बताउनुभयो।
कार्यक्रममा वडा नं ७ का वडाध्यक्ष रविन अधिकारी ,वडा नं ६ का वडा अध्यक्ष रमेश ढकाल, प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल, लैगिक एसोसियट शर्मिला गुरुङ, वडा सदस्यहरु, प्रहरी चौकि ईन्चार्ज ,बिद्यालयका शिक्षक बिद्यार्थीहरु, कृषक समुहका सदस्य, लैगिक च्याम्पियनहरू लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं ७ का वडाध्यक्ष रविन अधिकारी ,वडा नं ६ का वडा अध्यक्ष रमेश ढकाल, प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल लगायतले नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान केवल कार्यक्रमका दिनहरु मात्र होइन,परिवर्तनका लागि उठ्ने सामूहिक प्रतिबद्धता गर्ने दिन पनि भएको बताउनुभयो ।
लैगिक हिंसा कुनै निजी समस्या होइन,यो समाजकै गम्भीर रोग हो। घर–परिवार, सडक, विद्यालय, कार्यस्थलदेखि सामाजिक सञ्जालसम्म एक महत्वपुर्ण सवाल तथा चुनैति भएकोले लैगिक हिंसा न्युनिकरण गर्न सामाजिक रूपान्तरणमा महिला तथा पुरुषहरूको समन्वयात्मक भूमिकाको आवश्यकता पर्ने साथै प्रविधिको सुरक्षित तथा सकारात्मक प्रयोगको महत्वमा जोड दिनु भएको बुढाथुमबाट गोमा मिजारले जानकारी दिनुभयो ।
कार्यक्रममा लैगिक हिंसा, बाल बिवाह, लैगिक तथा समााजिक समावेशीकरण सम्बन्धी जानकारीमूलक बुस्रर समेत बितरण गरिनुका साथै सहभागी टीमलाई नगद सहित मायाको चिनो प्रदान गरिएको लैगिक एसोसियट शर्मिला गुरुङले जानकारी दिनुभयो।
हेर्नुहोस् कार्यक्रमका तस्विरहरु






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |