

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आजदेखि प्लेअफका खेलहरू सुरु हुँदैछन् ।
प्लेअफअन्तर्गत आज पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स खेल्दैछन् । खेल त्रिवि क्रिकेट रंगशालामा अपरान्ह ४ बजेदेखिसुरु हुनेछ ।
लिग चरणमा लगातार ६ खेल जितेर अन्तिम खेलमा पराजित भएको सुदूरपश्चिम अंकतालिकामा १२ अंकका साथ शीर्षस्थानमा रहेको छ भने विराटनगरले ५ खेल जितेर दोस्रो स्थानमा रहेको छ ।
यस खेलको विजेता टोली सिधै फाइनलमा पुग्नेछ भने पराजित हुने टोलीले अर्को एक मौका पाउनेछ ।
एलिमिनेटरमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सको विजेतासँग पराजित हुने टोलीले खेलेर फाइनल प्रवेश गर्ने मौका पाउने छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |