

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटरमा आज काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सले खेल्दैछन् ।खेल दिउँसो ४ बजे त्रिवि क्रिकेट रंगशालामा शुरू हुनेछ ।
आजको खेल जित्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ । दोस्रो क्वालिफायरको भोलि हुने खेलमा विराटनगर किङ्स र आजको इलिमिनेटर विजेता टोलीले फाइनल पुग्न खेल्नेछन् ।
यसअघि हिजो भएको पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा पुगिसकेको छ । सुदूरपश्चिम एनपीएलमा लगातार दोस्रो पटक फाइनलमा पुगेको हो ।
अब उसले उपाधिका लागि भोलि हुने दोस्रो क्वालिफायरको विजेतासँग शनिबार खेल्नेछ ।
अघिल्लो वर्ष भएको पहिलो संस्करणमा फाइनलमा सुदूरपश्चिम जनकपुर बोल्ड्ससँग पराजित भएको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |