

धादिङ । नेपाल मानव अधिकार संगठन धादिङको अध्यक्षमा पूनः कृष्णराज अधिकारी चयन हुनुभएको छ ।
अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा नेपाल मानव अधिकार संगठन धादिङले नीलकण्ठ–८ ससाहमा आयोजना गरेको चौथो जिल्ला अधिवेशनले अध्यक्षमा पूनः अधिकारीलाई चयन गरेको हो।
नयाँ कार्यसमितिको उपाध्यक्षमा कृष्ण बद्री पौडेल, सचिवमा ईश्वर थापा मगर, कोषाध्यक्षमा बालकृष्ण नेपाली तथा सदस्यहरूमा बद्री अधिकारी, पदमराज अधिकारी, शुशिला विश्वकर्मा, बिनु सिम्खडा र बिमल तामाङ चयन हुनुभएको छ ।
कार्यक्रममा सहभागीहरूले मानव अधिकारका मुद्दाहरूमा गाउँ–गाउँमा सचेतना अभियान फैलाउन तथा संस्थाको पहुँच बढाउन नयाँ नेतृत्वले सक्रिय भूमिका खेल्ने अपेक्षा व्यक्त गरेका थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |