

धादिङ। लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा गंगाजमुना गाउँपालिका स्थित फुलखर्कमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
“प्रविधिको सही उपयोग गरौँ : लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा सात वटा महिला समूहहरूको सक्रिय सहभागिता रहेको थियो।
गाउँपालिकाको आयोजना तथा आड्रा नेपालको सहयोगमा प्रयास नेपाल धादिङले सञ्चालन गर्दै आएको उत्थानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढिकरण परियोजना अन्तरगत महिला समूहद्वारा पञ्चेबाजा प्रस्तुतीकरण गरिएको थियो।
महिला समूहहरूले पञ्चेबाजाको सांस्कृतिक प्रस्तुतीमार्फत लैङ्गिक हिंसा, डिजिटल हिंसा र प्रविधिको दुरुपयोगबारे समुदायमा सचेतना फैलाउने उद्देश्य प्रस्तुती गरिएको थियो ।
कार्यक्रमका सहभागी महिला समूहहरूले पञ्चेबाजाको सांस्कृतिक प्रस्तुतीमार्फत लैङ्गिक हिंसा, डिजिटल हिंसा र प्रविधिको दुरुपयोगबारे जनचेतना फैलाउने सन्देश सहितको प्रस्तुति राखेका थिए। उनीहरूले सामुदायिक महिलाहरूको सक्रियतामार्फत सामाजिक रूपान्तरण सम्भव हुनेमा जोड दिएका थिए।
कार्यक्रममा डा नं ३, ४ र ५ का वडाध्यक्षहरू क्रमश राज कुमार गुरुङ, प्रेम बहादुर घले ,कुमार बहादुर अधिकारी ,गाउँपालिका कार्यपालिका सदस्यहरू, महिला तथा बालबालिका शाखा प्रमुख ईन्द्र कुमारी श्रेष्ठ सहित पालिका कर्मचारी, प्रहरी चौकी प्रमुख, प्रयास नेपाल धादिङका लैङ्गिक सहायक शर्मिला गुरुङ सहित कर्मचारीहरु र विभिन्न सरोकारवालाको उपस्थिति रहेको फुलखर्कबट कविता सापकोटाले जानकारी दिनुभयो ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |