

काठमाण्डौ । काठमाण्डौको नयाँ बसपार्कमा यात्रुको झोला तानेर दुःख–हैरानी दिने ४६ जना पक्राउ गरेको छ ।
गोङ्गबु नयाँ बसपार्कमा यात्रुको झोला तानेर दुःख–हैरानी दिने तथा शङ्कास्पद गतिविधि गर्नेहरूलाई काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पक्राउ गरेको हो ।
देशका विभिन्न भागबाट काठमाण्डौ आएका यात्रुलाई जबरजस्ती झोला तानेर दुःख–हैरानी दिने ट्याक्सी चालक, होटल सञ्चालक र होटलमा कार्यरत कर्मचारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवम् प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।
शुरूको समयमा सम्झाइबुझाइ गरेर छाडेका र यो घटना दोहोरिएको खण्डमा कडा कारबाही प्रक्रिया अगाडि बढाउने एसपी भट्टराईले बताउनुभयो । प्रहरीले यो अभियानलाई निरन्तरता दिने उहाँको भनाइ छ । filephoto





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |