

काठमाण्डौ । नागढुङ्गा–मलेखु सडकखण्ड आज र भोलि बन्द नहुने भएको छ ।
स्तरोन्नतिको लागि बुधबारदेखि दैनिक पाँच घण्टा आंशिक बन्द भइरहेको सडकखण्ड आज र भोलिका लागि भने खुला रहने नागढुङ्गा–मुग्लिन सडक आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार नेकपा (एमाले) को ११औँ केन्द्रीय महाधिवेशन उद्घाटन सत्रलाई ख्याल गर्दै सडकमा आवतजावत खुलाइएको हो ।
त्यसपछि भने कार्यतालिकाअनुसार तोकिएको समयमा सडक बन्द गरेर काम गरिने आयोजनाले जनाएको छ ।
पुस १ गतेसम्म नागढुङ्गादेखि पिप्लामोडसम्म र पोखरेभिर क्षेत्रमा बिहान १०ः३० बजेदेखि दिउँसो ३ः३० बजेसम्म सडक आवागमन बन्द गरेर सडक स्तरोन्नति गर्ने कार्यतालिका छ ।
सडक विभागले काठमाण्डौ जिल्लाभित्र पर्ने नागढुङ्गा–पिप्लामोड खण्डको कालोपत्र गर्ने कामलाई उच्च प्राथमिकतामा राखेको छ भने धादिङ जिल्लाभित्र पर्ने नौबिसे–मलेखु खण्डको बाङ्गेभीरमा सडक चौडा गर्ने कामलाई महत्त्वका साथ अघि बढाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |