

काठमाण्डौ । एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ । खेल नेपाली समयअनुसार बिहान पौने ११ बजेदेखि यूएईको सेभेन्स रङ्गशालामा शुरू हुनेछ ।
नेपालले दोस्रो खेल पर्सि मङ्सिर २९ गते बङ्गलादेशसँग र तेस्रो खेल पुस २ गते अफगानिस्तानसँग खेल्नेछ । नेपाली टोलीको कप्तान अशोक धामी रहेका छन् । प्रतियोगितामा आठ वटा टोली सहभागी छन् ।
हिजोदेखि शुरू भएको प्रतियोगितामा भारत र पाकिस्तानले विजयी शुरूआत गरेका छन् । भारतले आयोजक यूएईलाई २३४ तथा पाकिस्तानले मलेसियालाई २ सय ९७ रनले हराउँदै विजयी शुरूआत गरेका हुन् ।
समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र मलेसिया तथा समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान र नेपाल रहेका छन् । दुवै समूहबाट शीर्ष दुईमा रहने टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल आउँदो पुस ६ गते हुनेछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |