

धादिङ । खनियाबास गाउँपालिका–१ स्थित शिङ्गला माध्यमिक विद्यालयमा संस्कृति तथा ख्रिष्टमस विशेष शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।
आपसी सद्भाव, भाइचारा र सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले शुभकामना आदान–प्रदान गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य तथा सन्देशमूलक प्रस्तुति प्रस्तुत गरेका थिए।
खनियाबास गाउँपालिका१ का वडा अध्यक्ष सोनाम तामाङको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वडा सदस्यहरू, शिक्षक–अभिभावक संघका प्रतिनिधि, अभिभावकहरू, प्रयास नेपाल धादिङका प्रतिनिधि मनिस तामाङ, वडा प्राविधिक यर्मिया तामाङ तथा विद्यालयका शिक्षक–शिक्षिकाहरू सहभागी हुनु भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष सोनाम तामाङले संस्कार, संस्कृति र शिक्षाले विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यस्ता कार्यक्रमले प्रतिभा उजागर गर्न सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो। उहाँले सबैलाई ख्रिष्टमसको शुभकामना पनि व्यक्त गर्नुभयो।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |