

काठमाण्डौ । आजदेखि नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप शुरू हुँदैछ । प्रतियोगीता त्रिपुरेश्वरको दशरथ रंगशालाको कभर्डशलमा आज विहान ९ बजेदेखि शुरू हुँदैछ ।
प्रतियोगिताबाट शीर्ष ८ पुरुष र शीर्ष ६ महिला टोली दशौँ पीएम कप एनभीए महिला तथा पुरुष राष्ट्रिय लिगमा छनोट हुनेछन् । पहिलो दिन आज महिला र पुरुष दुवैमा दुई–दुई खेल हुनेछ ।
आजको पहिलो खेल महिलातर्फ नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश भलिबल संघबीच हुनेछ । यो खेल बिहान ९ बजे शुरू हुनेछ ।
यस्तै महिलातर्फ दोस्रो खेल बिहान ११ बजे एभरेष्ट भलिबल क्लब, बुटवल र त्रिभुवन आर्मीबीच हुनेछ । पुरुषतर्फ पहिलो खेल नेपाल पुलिस क्लब र ढोरपाटन स्पोट्र्स क्लबबीच हुनेछ । यो खेल दिउँसो १ बजे शुरू हुनेछ । पुरुषतर्फ दोस्रो खेल टिपटप हेल्प नेपाल स्पोट्र्स क्लब र एपीएफ क्लबबीच हुनेछ ।
नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ १२ र महिलातर्फ ८ टोलीको सहभागिता छ ।
पुरुषतर्फ विभागीय टोलीहरू नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबसहित रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र (कर्णाली प्रदेश), जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, मणिमुकुण्द भलिबल क्लब (लुम्बिनी), हेल्प नेपाल स्पोट्र्स क्लब, कोशी प्रदेश भलिबल संघ, बुढानीलकण्ठ भलिबल क्लब, ढोरपाटन क्लब (काठमाण्डौ), खिल्जी युवा क्लब (लुम्बिनी) र कीर्तिपुर भलिबल प्रशिक्षण केन्द्र (काठमाण्डौ) सहभागी छन् ।
यस्तै महिलातर्फ तीन विभागीय टोलीहरु पुलिस, आर्मी र एपीएफसहित न्यु डायमण्ड युथ स्पोट्र्स क्लब, एभरेस्ट भलिबल क्लब (बुटवल) चुली युवा क्लब (कर्णाली), सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र मधेश प्रदेश खेलकुद परिषद् छन् । समूह चरणमा पुरुष र महिला दुवैतर्फ १२–१२ खेल हुनेछन् । प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १६ गरी कूल ३६ खेल हुनेछ ।
प्रतियोगिताको महिला र पुरुष विजेताले ५ लाख रुपैयाँ पाउनेछन् भने उपविजेताले २ लाख ५० हजार र तेस्रोले १ लाख २५ हजार रुपैयाँ पाउनेछन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |