

काठमाण्डौ । आगामी फागुन २१ गते तोकिएको चुनावका लागि राजनीतिक दलहरुले निर्वाचन आयोगमा समानुपातिकतर्फको उम्मेदवार सूची बुझाएका छन् ।
दलहरुले आयोगमा समानुपातिकतर्फको उम्मेदवार सूची बुझाएसँगै चुनावको सुनिश्चितता बढेको छ ।
निर्वाचन आयोगको कार्यतालिकाअनुसार आइतवार र सोमवार दलहरुले रातारात उम्मेदवारको बन्दसूची बुझाएपछि देश अब चुनावमा होमिएको छ ।
संसद पुनर्स्थापनाको बाटो हेरिरहेका एमाले र कांग्रेस लगायतका दलहरु पनि अब चुनावमा मात्रै केन्द्रित हुने बाटो खुलेको छ ।
दलहरुले अहिले बुझाएको बन्दसूची छानबिन गरी आवश्यकताअनुसार सच्याउन आयोगले भोलिदेखि २० गतेसम्मको समय तोकेको छ ।
राजनीतिक दलहरुले उम्मेदवारको बन्दसूची संशोधन गरेर पुस २१ गतेदेखि २७ पुसभित्र बुझाउनुपर्नेछ । निर्वाचन कार्यतालिकाअनुसार बन्दसूचीबाट कुनै उम्मेदवारले नाम फिर्ता लिन चाहे पुस २८ गते निवेदन दिनुपर्नेछ ।
उम्मेदवारले नाम फिर्ता लिएको जानकारी सम्बन्धित राजनीतिक दललाई आयोगले २९ गते गराउनेछ ।
यस्तै उम्मेदवारले नाम फिर्ता लिएका कारण रिक्त रहेको ठाउँमा अर्को उम्मेदवारको नाम पठाउन पुस ३० गतेदेखि माघ २ गतेसम्मको समय तोकिएको छ ।
चुनावी कार्यतालिका अनुसार आयोगले माघ ४ गते बन्दसूचीको नामावली प्रकाशन गर्नेछ । दाबी विरोध र आवश्यक संशोधनपछि माघ २० गते अन्तिम बन्दसूची प्रकाशन हुनेछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |