

धादिङ- धादिङबाट Crystal Quartz (क्रिस्टल क्वार्ट्ज) सहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रुवीभ्याली गाउँपालिका वडा नम्बर ४ निवासी २० वर्षीय सन्चा तामाङ र वडा नम्बर ५ निवासी ६६ वर्षीय मेम्बा तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक श्याम कुमार बस्नेतले जानकारी दिनुभयो ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले बुधबार सवारी साधन चेकजाँचको क्रममा शंकास्पद व्यक्तिहरुको खानतलासी गर्दा अन्दाजी १७ किलो ७४ ग्राम Crystal Quartz फेला परेको प्रहरीले जनाएको छ।
उक्त पदार्थलाई रितपूर्वक बरामद गरी आवश्यक कारबाहीका लागि खानी तथा भूगर्भ विभाग, लैनचौर, काठमाडौं पठाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |