

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका-३, इटपानीमा वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।
मनकामना समाज सुधार युवा क्लब, सिद्धलेक-३ इटपानीले माघ ५ गतेदेखि ८ गते सम्म माघे सङ्क्रान्ति, ल्होसार तथा श्रीपञ्चमीको पावन अवसर पारेर वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमलाई रु.३० हजार र तृतीय हुने टिमलाई रु. २० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक सुन्दर आलले जानकारी दिनुभयो ।
त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर र उत्कृष्ट सर्भर, डिफेन्डर र कोचलाई विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
अकला आमा समुहको सह आयोजनामा इटपानीस्थित खेल मैदानमा हुने प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूले माघ ४ गते बेलुका ८ बजेसम्म टिम दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ। टिम दर्ता शुल्क रु. ५ हजार तोकिएको छ।
आयोजकका अनुसार प्रतियोगिता FIVE को नियमअनुसार सञ्चालन गरिने, खेलाडीहरू एकै वडाको हुनपर्ने छ।
प्रतियोगिता सम्बन्धी थप जानकारीका लागि ९७०४८३७०७२, ९८०८४०८४८५ र ९८४१०६१७९४ नम्बरमा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।
यसैगरी माघ ८ गते साँझ श्रीपञ्चमी मेला तथा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
“कला–संस्कृति, हाम्रो पहिचान, समाज परिवर्तनमा कलाकारको योगदान” भन्ने नारासहित मनकामना समाज सुधार युवा क्लवले सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरेको हो।
कार्यक्रममा सोरठी, झयाउरे, गजुरे, कौडा, सालैजो, पञ्चेबाजा, प्रत्यक्ष दोहोरी लगाएतका झाँकीहरु र नेपाल साँस्कृतिक संघ धादिङको विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ ।
सांस्कृतिक कार्यक्रममा चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहनेछ ।
कार्यक्रममा गायक विवश दर्लामी मगर, गायिका तथा मोडल उर्मिला पुलामी मगर, मोडल विजय पुन, गायक प्रसाद खप्तरी मगर, सिद्धार्थ आले मगर, लोक गायक पवन आले मगर, लोक गायिका रोशनी राना मगर, डान्सर प्रीती गुरुङ र हास्य कलाकार सागर गाहा मगरको प्रस्तुति रहनेछ ।
खेलकुद र संस्कृतिमार्फत स्थानीय प्रतिभाको पहिचान, आपसी सद्भाव तथा सामाजिक एकता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक मनकामना समाज सुधार क्लबका अध्यक्ष बाबुराम थापाले जानकारी दिनुभयो ।
सम्पूर्ण खेलप्रेमी, कला-संस्कृति प्रेमी तथा स्थानीयवासीलाई कार्यक्रममा सहभागी भई कार्यक्रम सफल बनाउन आयोजकले आग्रह गरेको छ ।
यस्तै माघ ८ गते नवनिर्मित अकला माइको मन्दिर उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
बिगत ३ दशक देखि सक्रिय भएर काम गरिरहेको मनकामना समाज सुधार क्लवले टोल विकासको लागि प्रमुख भूमिका निभाएको छ ।







आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |