

धादिङ । परिवर्तनका लागि प्रतिबद्ध समाज (कोसेक नेपाल) धादिङको अध्यक्षमा सिताराम कोइराला चयन हुनुभएको छ ।
समाजको १८औँ साधारण सभा तथा पाँचौँ अधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा हरि सुनार, महासचिवमा मानबहादुर श्रेष्ठ, सचिवमा मनिष दुवाडी र कोषाध्यक्षमा रञ्जु ढुंगाना निर्वाचित हुनुभएको छ ।
त्यसैगरी सदस्यहरूमा अमृत वि.क., इश्वर कोइराला, मदनराज भारती, गीता खतिवडा र नानु कार्की रहनुभएको छ ।
साधारण सभामा संस्थाको वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी दिनमा सञ्चालन गरिने कार्यक्रमबारे छलफल गरिएको थियो ।
कोसेक नेपालले विगत २२ वर्षदेखि जिल्लामा सडक सुरक्षा, विपद् व्यवस्थापन, खानेपानी तथा सरसफाइ, गरिबी निवारण, नविकरणीय ऊर्जा विकास, सुर्तिजन्य पदार्थ विरुद्धको अभियानलगायत सामाजिक विकासका विविध क्षेत्रमा निरन्तर काम गर्दै आएको जानकारी गराइएको छ ।
अधिवेशनमा सहभागीहरूले संस्थाले समुदायस्तरमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी र समन्वयात्मक रूपमा कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।
नयाँ कार्यसमितिले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै जनजीवनसँग प्रत्यक्ष जोडिएका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |