

काठमाण्डौ । गृह मन्त्रालयले प्रतिनिधिसभा चुनावका लागि निर्वाचन प्रहरीको मापदण्ड स्वीकृत गरेको छ । आगामी फागुन २१ गते हुने चुनावको लागि अर्थ मन्त्रालयले १ लाख ३४ हजार प्रहरी भर्ना गर्न स्वीकृति दिएको हो ।
निर्वाचन प्रहरीका लागि नेपाल प्रहरी र सशस्त्रले माग गरेको बजेटमा अर्थ मन्त्रालयले सहमति दिएसँगै गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन प्रहरीको मापदण्ड स्वीकृत गर्नुभएको हो । स्वीकृत मापदण्ड अनुसार ४० दिनका लागि प्रहरी भर्ना गरिनेछ ।
निर्वाचन प्रहरीका लागि ७ अर्ब १३ करोड रुपैयाँ बजेटको स्रोतसमेत सुनिश्चित भएको गृह मन्त्रालयले जनाएको छ । सशस्त्र प्रहरीलाई पनि पहिलो पटक १५ हजार १ सय १० जना निर्वाचन प्रहरी भर्ना गर्न आवश्यक बजेट अर्थ मन्त्रालयले सुनिश्चित गरेको छ ।
निर्वाचन प्रहरी भर्ना प्रक्रिया शुरू गर्ने गरि प्रहरी प्रधान कार्यालयले छिट्टै दरखास्त आह्वान गर्नेछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |