

काठमाण्डौ । निर्वाचन प्रहरीको भर्ना खुलेको छ । फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावका लागि प्रहरी प्रधान कार्यालयले १ लाख ३३ हजार ९८० जनाको लागि भर्ना खुलाएको हो ।
निर्वाचन प्रहरीमा भर्ना हुनका लागि भोलिदेखि माघ १ गतेसम्म आवेदन दिन सकिनेछ । १८ वर्ष पूरा भएर ५४ वर्ष ननाघेको नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।
पूर्वसुरक्षाकर्मी, यसअघिका निर्वाचनमा म्यादी प्रहरीमा नियुक्त भएर खटिएका, छिमेकी देशका सुरक्षा निकायमा काम गरेर अवकाश भएका तथा सुरक्षा निकायमा शारीरिक र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरुले प्राथमिकता पाउनेछन् ।
फौजदारी कसुरमा सजाय पाई नैतिक पतन नभएको तथा कुनै राजनीतिक दलको सदस्य नरहेको मापदण्ड तोकिएको छ ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |