

धादिङ । सिद्धलेक गाउँपालिका वडा नं १ स्थित नलाङ बैरेनीमा रहेको आयाम इङलिस स्कुलमा १५ औँ खेल उत्सव-२०८२ सुरु भएको छ।
विद्यालयको वार्षिक कार्यतालिका अनुसार शनिबारदेखी खेल सप्ताह सुरु भएको आयाम इङलिस स्कुलकी व्यवस्थापक ममिता अर्यालले जानकारी दिनुभयो ।
खेल सप्ताहको उद्घाटन पूर्व विद्यालय परिसरमा मार्चपास गरिएको थियो ।आज उदघाटनका दिन छात्ररछात्राको फुटबल, भलिबल, व्याडमिन्टन, खोखो, पोर्टबल लगाएतका खेलहरु सम्पन्न भएको अर्यालले बताउनुभयो ।
उहाँको अनुसार माघ २ गतेसम्म सञ्चालन हुने खेल सप्ताहमा प्राइमरी तथा प्री प्राइमरी अन्तरगत बल रेस, फ्रग रेस, फुटबल, भलिबल, कबड्डी, स्पोन रेस, निडल थ्रेड रेस, एथ्लेटिक्सका बिभिन्न बिधाहरु,लगायतका खेलहरु हुनेछन् भने शिक्षक र अभिभावकबिच पनि खेलहरु हुनेछन् ।
खेलकुदले विद्यार्थीको पढाईसंगै चौतर्फी विकास हुने भन्दै शिक्षासंगै अतिरिक्त क्रियाकलापले विद्यार्थीमा भएको प्रतिभा प्रस्फुटन हुने भएकाले खेल सप्ताह गरिएको विद्यालय सञ्चालक समितिका अध्यक्ष विकास कोइरालाले बताउनुभएको छ । खेलमा विजेता विद्यार्थीहरुलाई माघ २ गते पुरस्कार वितरण गरिने अध्यक्ष कोइरालाले बताउनुभयो।
दक्ष शिक्षक शिक्षिकाद्धारा मैत्रीपूर्ण वातावरणमा अध्यापन भईरहेको आयाममा हाल कक्षा ७ सम्म अध्यापन भईरहेको छ ।
विद्यालयमा हाल नृत्य कक्षा, तेक्वान्दो, स्पोटर्स कक्षा सञ्चालनमा रहेका छन् भने सुविधायुक्त कम्प्युटर ल्याव, लाईवेरी, अतिरिक्त क्रियाकलापको लागि आवश्यक सम्पूर्ण सामाग्री र दक्ष प्रशिक्षक रहेको व्यवस्थापक अर्यालले बताउनुभयो ।
विद्यालयमा करिब २ सय जना बिद्यार्थी, १५ जना शिक्षक शिक्षिका र अन्य कर्मचारी ३ जना रहेका छन् ।
कार्यक्रमको तस्विरको लागि तलको लिंक क्लिक गर्नुहोस्





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |