

काठमाडौँ : आज ३०४औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस।
नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको सम्झनामा सिंहदरबारको पश्चिम मूल ढोकाअघि रहेको शाहको शालिक परिसरमा विशेष कार्यक्रम गरिँदैछ। प्रत्येक वर्ष पुस २७ गते यहाँ विशेष कार्यक्रम आयोजना गरिन्छ।
पृथ्वीजयन्तीका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।
तत्कालीन बाइसे-चौबीसे राज्यलाई समेटी एकीकृत नेपाल निर्माण गरेको श्रेय उनलाई छ। तत्कालीन गोर्खा राज्यका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेष्ठ पुत्रका रूपमा १७७९ पुस २७ गते पृथ्वीनारायणको जन्म भएको थियो।
२० वर्षको उमेरमा राजा बनेका उनले बाइसे चौबीसे राज्यहरूलाई एक सूत्रमा आबद्ध गर्ने नीति अपनाए। १८२५ सालमा इन्द्रजात्राका दिन आक्रमण गरी उनको फौजले काठमाडौंमाथि विजय प्राप्त गरेको थियो।
यसपछि उनले एकीकृत नेपालको राजधानी काठमाडौंलाई बनाएका थिए। उनले शुरू गरेको एकीकरण अभियान छोरा बहादुर शाहको पालासम्म बढ्दै गएर नेपालको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार भएको थियो। पछि नेपाल-अंग्रेज युद्धका क्रममा नेपाल अहिलेको क्षेत्रफलमा समेटिन पुग्यो।
‘नेपाल दुई ढुंगाबीचको तरुल हो’, ‘घूस लिने र दिने देशका महाशत्रु हुन्’, ‘नेपाल चार जात छत्तीस वर्णको साझा फूलबारी हो, मेरा साना दुःखले अर्ज्याको मुलुक होइन, सबैलाई चेतना भया’, ‘आफ्ना देशका कपडा बुन्नु, जान्यालाई नमूना देखाई सघाउनु, बुन्नु र बुन्न लगाउनु’,लगायत उनका कैयौँ उद्गार आज पनि सान्दर्भिक मानिन्छन्।
१८२५ माघे संक्रान्तिका दिन नुवाकोटको देवीघाटमा ५२ वर्षको उमेरमा उनको निधन भएको थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |