

ऐलानी जग्गाका विषयमा झडप हुँदा जनकपुरमा १२ जना घाइते भएका छन् ।
मिथिला नगरपालिका–२ मा रहेको सतलोक आश्रमले ऐलानी जग्गा हडपेको भन्दै खाली गराउन गएका स्थानीय र त्यहाँका प्रतिनिधिबीच झडप हुँदा १२ जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख रुगमबहादुर कुँवरका अनुसार झडपमा घाइते भएका सबैको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ।
अवस्था असहज हुन नदिन ६ सेल अश्रुग्यास समेत प्रहार गरिएको थियो । यसैबीच दुई पक्षबीच भएको झडपका कारण अवरुद्ध बनेको ढल्केवर–जनकपुर सडकखण्ड प्रहरीले खुलाएको छ ।
प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमको नेतृत्वमा खटिएको टोलीले जग्गा तथा आश्रमको वास्तविकताबारे अध्ययन गरिरहेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |